Thursday, February 24, 2011

पत्रकार सम्मेलन नेपाल पर्यटन वोर्डको सभाहलमा

ढुङ्गा महोत्सव सफल वनाउन दोस्रो पत्रकार सम्मेलन नेपाल पर्यटन वोर्डको सभाहलमा आज दिउँसो २ बजे देखि शुरु हुने ।

सहयोग प्रदान गर्ने व्यक्तित्वहरु

मेघौली - ८ पसा्रढापमा हुन गईरहेको ढुङ्गा महोत्सवको उद्देश्य ढुङ्गा महोत्सव अगावै सफल हुने सम्भावना बढेको छ । ढुङ्गा महोत्सव अगावै पार्कको ९० प्रतिशत स्रोत जुटिसकेको छ भने ७५ प्रतिशत निमार्णको कार्यहरु सम्पन्न भैसक्ने सम्भावना वढेर गएको छ । सहयोग दाताहरु दिन प्रतिदिन बढदै गईरहेका छन । आजका मिती सम्म १ ठूलो चौतारो १२ साना चौतारा १ स्टेज कार्यक्रम गर्ने ठाँउ सम्पन्न भैसकेको छ भने पानी टेङ्गी सौचालय तथा प्रमुख गेटको निमार्ण युद्धस्तरमा निमार्ण भैरहेको छ । ढुङ्गा वालुवा सहयोग प्रदान गर्ने व्यक्तित्वहरु दिनानुदिन वढिरहनु भएको छ ।

दाताहरु
स्टेज ः मध्यवर्ती मालिका वन उपभोक्ता समिित
प्रमुख गेट ः चन्द्र वहादुर मल्ल तथा दाजुभाई परिवार
पानी टेङ्गी ः माधव लामिछाने तथा सवपरिवार
सौचालय ः भू। पू सैनिक समूह मेघौली
चौतारा ः १ ÷१ वटा वनाउने दाताहरु
विष्णु प्रसाद पौडेल
डण्डापाणी काफ्ले
सजल गौतम
खुम वहादुर राना
अर्जुन जोशी
काजीमान मोक्तान
सगुन थापा
खुम वहादुर के।शी
ढुङ्गा तथा वालुवा आजका मितिसम्म दिने दाताहरु
विष्णु प्रसाद पौडेल१ टेक्टर ढुङ्गा
राधेश्याम श्रेष्ठ२ टेक्टर ढुङ्गा
यम वहादुर वोगटी१
सजल गौतम१
डण्डापाणी काफ्ले१
ढुङ्गा दान तथा उपहार दिने क्रम वढदो छ ।

Wednesday, February 23, 2011

प्रमुख गेटको शिलन्यास सम्पन्न

सारथाङ्ग, पाखापानी गा।वि।स पवर्तवाट मेघौली ८ र ९ मा वसाईसराई गरी आउनुभएको जीतवहादुर मल्ल यमवहादुर मल्लले स्व। वुवा भिरगु बहादुर मल्लको सम्झनामा र आमा चन्द्र कुमारी मल्लको आयु लामो होस भन्ने कामना गर्दे मेघौलीमा हुन गईरहेको ढुङ्गा महोत्सवमा सक्दो सहयोग गर्ने इच्छा जागेको कारण ढुङ्गा महोत्सव स्थलमा वन्न गईरहेको प्रमुख द्वारको सम्पूर्ण खर्च प्रदान गर्नु भएको छ । भने उहाँवाटनै उक्त प्रमुख गेटको शिलन्यास सम्पन्न भएको छ ।

समाचार ः ढुङ्गा महोत्सव प्रचारप्रसार उपसमिित
मेघौली - ८ पसा्रढाप
संयोजक ः विष्णु प्रसार समिित

ढुङ्गा महोत्सव

मेघौलीको ढुङ्गा महोत्सवमा ढुङ्गाका स्टलहरु रहने ढुङ्गा वैज्ञानिकहरुको जमघट हुने र ढुङ्गाको महत्वको वारेमा प्रकाश पार्ने विशेष कार्यक्रमहरु आउने भएको छ ।

Tuesday, February 22, 2011

नमूना पार्कको प्रमुख गेटको शिलान्यास तथा वृहत पिकनिक कार्यक्रम

ढुङ्गा महोत्सवको मुख्य उद्देश्य पूरा गर्न ढुङ्गा महोत्सव स्थलमा निमार्ण हुन लागिरहेको नमूना पार्कको प्रमुख गेटको शिलान्यास हुने कार्यक्रम रहेको छ । साथै उक्त स्थललाई प्रचार प्रसार गर्न ६ वटा गाविसका विभिन्न देशमा कार्यरत भू।पू। सैनिक तथा प्रहरीहरुको वृहत पिकनिक कार्यक्रम पनि हुने भएको छ ।

आयोजक ः भू।पू। सैनिक तथा प्रहरी समूह
स्थान ः मेघौली-८ पसा्रढाप आँपवगैचा
समय ः विहान ८ वजे

प्रचारप्रसार ः ढुङ्गा महोत्सव प्रचार प्रसार उपसमिित
सम्पर्क फोन नम्वर ः ९८५१०८८०२० ९७५१००९३५०

Monday, February 21, 2011

सहयोग समिति गठन

पहिलो ढुङ्गा महोत्सव सफल वनाउन मेघौलीका सवै वडाहरुमा सहयोग समिति गठन सम्पन्न

पहिलो ढुङ्गा महोत्सव सफल वनाउन हार्दिक आवह्ान गर्देछौ ।

पहिलो ढुङ्गा महोत्सवको प्रमुख उद्देश्य मेघौली-८ पसा्रढापमा नेपालकै नमूना पार्क निमार्ण गर्नु थियो । यसका लागि आ-आफ्नो क्षेत्रवाट सक्दो योगदान गर्दै सम्पूर्ण पार्कको निमार्ण जनताहरुले एक एक गर्दै प्रायोज कगर्दै आउनुभएकोमा यस ढुङ्गा महोत्सव मूल समारोह समिति हार्दिक धन्यवाद दिदै थप सहयोग प्राप्त गर्न अग्रसर रहेको जानकारी गराउन चाहन्छ ।

सरसफाई कार्यक्रम सु-सम्पन्न

आज मिती २०६७÷११÷८ ढुङ्गा महोत्सव सफल वनाउन ढुङ्गा महोत्सव मूल समारोह समितीको सह-संयोजक श्री जीवनराम महत्तो तथा ढुङ्गा महोत्सव मूल समारोह समितीका सरसफाई उपसमितिका संयोजक श्रीमती राधा के।शीको संयुक्त नेतृत्वमा सरसफाई कार्यक्रम सु-सम्पन्न भयो ।

Monday, February 7, 2011

चितवनलाईनै चिनाउने मंच

मेघौली - ८ पसा्रढापमा हुन गईरहेको ढुगा महोत्सवको उद्देश्य सफल पार्न आज श्रीपाचमीको शुभ दिन पारी चितवनलाईनै चिनाउने मंच कुनै पनि कार्यक्रम गर्न सकिने वनाउन लागिएको सम्पूर्ण जनसमुदायहरुमा अवगत गराउन चाहन्छौं ।

स्टोन प्रोजेक्ट ग्रामिण विकासको एक सरल वििध

स्टोन प्रोजेक्ट ग्रामिण विकासको एक सरल वििध
जनता भनेको नायक विज्ञ श्रृष्टिकर्ता कार्यकारिणी र न्यायधिस हुन् । स्थानीय जनताहरुमा अथाह ज्ञान सिप क्षमता र अनुभव हुन्छ । त्यसैले विकास र स्रोत साधनको परिचालन जनतावाटै पहल गरिनु पर्दछ । जनता उठे देश जाग्छ जनता सुते देश सुत्छ । समाजमा रहेका हरेक व्यक्तिमा केही न केही कार्य गर्न सक्ने शक्ति क्षमता हुन्छ । देशको सवैभन्दा ठूलो शक्ति नै जनशक्ति हो । यो तथ्यलाई कसैले भुल्नु हुदैन । जनताको सहभागिता विना गरिएको कुनै पनि विकासका कार्यक्रमहरुले पूर्ण रुपमा गतिलिन सक्दैन् । गाउँको विकास विना देशको विकास सम्भव छैन् । आफ्नो ठाँउको विकास आफैले गर्ने हो । मानविय साधनको सकारात्मक वल वुद्धि विवेक जोस जाँगर विकासको पक्षमा ल्याई देशमा उपलव्ध प्राकृतिक स्रोत साधनहरुलाई अत्यधिक उपयोग गर्नसके नेपालीको शान्ती र सम्मुनत नेपालको चाहना टाढा छैन । सम्पन्न समाज भनेको नै त्यहाको मानिसहरुको सकारात्मक सोचको नतिजा हो ।प्रकृतिको नियम यो छ कि यस भौतिकजगतमा प्रत्येक वस्तुको मूल रुप सूक्ष्म हुन्छ । थोपा थोपा मिलेर समुन्द्र बन्दछ कण कण मिलेर पृथ्वी बन्दछ । सुक्ष्म सेल सेल मिलेर सम्पूर्ण शरिर बन्दछ । एक साधारण बिजवाट ठूला ठूला वृक्ष बन्दछ भने एक वृक्षवाट हजारौं वियाँ बन्दछन । विशाल भवन पनि एक एक ढुङ्गा÷इट्टाहरुको योगवाट बन्दछ । नेपालको विकास पनि एक एक स्टोन÷रुपियाँ जम्मा गर्दै गर्न सकिन्छ । स्टोन प्रोजेक्ट जनताले जनताद्वारा जनताको लागि चेतना जगाउदै गरिने अभ्यास अर्थात विकासमा बढि भन्दा बढि जनसहभागिता जुटाउन ल्याइएको अवधारण हो । स्थानिय स्तरमा स्थानिय व्यक्तिहरुको वल बुद्धि विवेक जोश जाँगर सिप साधन एवं स्रोत सजिलैसंग पूर्णरुपमा सदुपयोग परिचालन गर्न र विकासको मूल प्रवाहमा ल्याउनु यो प्रोजेक्टको प्रमुख उद्देश्य हो भने प्रमुख लक्ष्य भनेकै जनहित लोक कल्याण र जनताको जीवनस्तर उकास्नुकै लागि आवश्यक पर्ने पूर्वाधार निमार्णमा सहयोग पुर् याउने कि्रयाकलाप हो । प्रोजेक्टको मूल नारानै आफ्नेा माटो आफैलाई प्यारो हो । यो प्रोजेक्टले टोल टोलमा विकासको प्रतियोगिता गराउन पनि यो अवधारणा उपयोगि हुनेछ । यस्तो कार्यक्रमले राजनैतिक अस्थिरता घटाउन र जनतामा राष्ट्रिय एकता कायम गर्न पनि सफल हुन सक्दछ । स्टोन प्रोजेक्ट विदेशी सहयोग र केन्द्रको मात्र मुख नताकी गर्न सकिने ग्रामिण विकासको सवै भन्दा सरल विधि पनि हो । यो नेपालको अन्तरिम संविधान २०६३ कै परिधिमा रहेर गर्न सकिने जनता केन्द्रित विकासको नयाँ अवधारणा हो । विदेशी सहयोग त स्वागत मात्र गर्ने हो भर पर्ने होइन ।
आउनुहोस जुटौं देशै भरी विकासको लहर फैलाउ ।
कुनै पनि ठूला-ठूला कार्यक्रमहरुको सुरुवात एकदमै सानोवाट सुरु हुन्छ र यसले जीवनमा र राष्ट्रमा महत्वपूर्ण स्थान प्राप्त गर्दछन् । शुरुवात मात्र गरौं सवै प्राप्त हुदै जान्छ । राष्ट्रको नयाँ रुप दिने पनि तपाई हामीले नै हो । आफू भित्र रहेको आफ्नो ठूलो प्रतिभा देखाउन पछि नपरौं यति मात्रगर्न शुरु गरौ तवमात्र उज्यालेा समृद्धि र सम्पन्न नेपालको जीवनी शुरु हुन्छ । अव हामीले वुझ्नै पर्छ की हामी सबै भित्र ठूलो शक्ति तथा सामथ्र्य छ तर सुतिरहेको छ अव यसलाई जगाउने प्रयास हामी सवैले गर्नुपर्छ । कुनै कुरा शुरुगर्न महान हुनुपर्दैन महानबन्न शुरु गर्नुपर्दछ त्यसैले आजैदेखि समाजमा यो कार्य शुरु गरौं । हाम्रो समाजको परिवर्तनको साँचो हामीसँगै छ । जहाँ इच्छा त्यहाँ उपाय। यही उद्देश्यहरु प्राप्तगर्न र विकासको लहर देशैभरि फैलाउनको लागि हुनगएको पहिलो ढुङ्गा महोत्सवमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

नेपालको पहिलो ढुङ्गा महोत्सव २०६७ फाल्गुन २१२२२३

नेपालको पहिलो ढुङ्गा महोत्सव २०६७
फाल्गुन २१२२२३ माहार्दिक निमन्त्रणास्वागत तथा सहयोगको लागि आव्हान गर्दछौं ।

सम्पूर्ण नेपालीहरुको शान्ती र समुन्नत नेपालको चाहना हुदा हुदै पनि मुलुक संसारको अति गरिवदोस्रो गरिवी तिर लम्कदै जानु दुःखदायी विषय वनेको छ । प्राकृतिक स्रोत साधनका क्षेत्रहरुमा कब्जा जमाउदै जानको लागि विदेशीहरुले भित्रभित्रै नेपाललाई कमजोर वनाउदै आएकै कारण राजनैतिक अस्थिरता झन बढदै गइरहेको कुरा घामझै छलङ्र्ग भैसकेको छ । हामीले गौतम बुद्धको देश हिन्दुहरुको पवित्र स्थल जानकीको जन्मभूमी सर्वोच्च शिखर सगरमाथाको देशजलस्रोतपर्यटनजडिवुटि र विभिन्न खानीहरुको अथाह विकासको सम्भावना बोकेको देशलाई पुरै विसर्ी एक आपसमा झगडा गर्दै विदेशीहरुलाई हसाँएर वसेकाछौं । कहिलेकाही विकासको कुरा गर्नेहरुलाई पनि प्रोत्साहन गर्नुको साटो हतोत्साहित गर्दै राष्ट्रको सवै भन्दा ठूलो जनशक्तिलाई विदेशिन बाध्य पारिरहेका छौ । झण्डै ८६% ग्रामिण क्षेत्रले ओगटेको मुलुक विकासवाट पुरै वन्चित अवस्थामा छ । हाम्रो वरपर रहेको प्राकृतिक स्रोत साधनहरुको कुनै उपयोग र संरक्षण छैन । कृषि प्रणाली अझै अवैज्ञानिक रुपमा चलिरहेको छ । देश पुरै अध्यारोतिर दौडिरहेको छ ।१८ घण्टा सम्म लोडसेडिङ्ग बेहोर् यौं बेहोरीरहेका छौं यस्तो अवस्थामा पनि देशका युवापुस्ता वुद्धिजिवि तथा समाजसेवीहरु चुप लागेर बस्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्दै देशलाई असफल राष्ट्र वनाउन सहयोग गर्नु हो । हाम्रो वरपर छरिएर रहेको ठूला प्राकृतिक स्रोतहरु मध्ये सवैभन्दा छिटो प्राप्त गर्न सकिने सवैले ढुङ्गा उपहार दान तथा सहयोग गर्न सक्ने र ढुङ्गाले पनि देशमा विकासको लहर पैदा गर्न सक्छ भन्ने भावना वोकेर आफूले पनि केही गरौं र अरुलाई पनि केही गर्न सिकाउ भन्ने मान्यता बोकी हामी सम्पूर्ण मेघौलीवासी दाजुभाई दिदिवहिनीहरु मिली नेपालमै पहिलो पटक यहि आउँदो २०६७ फाल्गुन २१२२२३ गते मेघौली -८ पसा्रढापमा ढुङ्गा महोत्सव गर्न गइरहेका छौं । अनेकतालाई एकता अशान्तिलाई शान्ति र अध्यारो नेपाललाई उज्याल्ााे वनाउन लोडसेडिङ्ग मुक्त वनाउन पहल गर्नु पनि हाम्रो दायित्व हो नत्र हामीहरु नालायक ठहरिनेछौं । यो अभियानलाई सफल वनाउन यहाँहरुको पनि त्यतिकै दायित्व हामी ठान्दछौं । तसर्थ उक्त ढुङ्गा महोत्सवलाई भव्यता साथ सफल वनाउन आदरणीय आमाबुबा दाजुभाई दिदिवहिनी तथा सम्पूर्ण जनसमुदायहरु सवैमा हार्दिक अपिल स्वागत तथा हार्दिक निमन्त्रणा गर्न चाहन्छौं ।
ढुङ्गा महोत्सवको आकर्षणहरु
१। ढुङ्गाको महत्व पहिचान र मूल्यवान ढुङ्गाको वारेमा जानकारी गराउने
।२। ढुङ्गावाट वन्ने नमूना पार्कको अवधारणाहरुको वारेमा जानकारी गराउने तथा निमार्ण शुरु गर्ने
।३। ग्रामिण पर्यटनका लागि होमस्टेवारे जानकारी गराउने ।
४ स्थानिय उत्पादन र जडिवुटिहरुका वारेमा जानकारी गराउने ।
५। स्थानिय खानाको प्रकारहरु प्रर्दशन र विक्री वितरण गरिने ।
६। साथमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने ।
मूल आयोजक प्रर्वद्धक
ढुङ्गा महोत्सव मूल समारोह समिित चितवन र नवलपरासीका सम्पूर्ण एफएमहरु,पत्रपत्रिकाहरु
बजार विकास समिति-पसा्रढाप मेघौली पर्यटन विकास समिती
व्यापार समूह वन समिति-८
मेघौली गाविस मेघौली उपभोक्ता समिति चि।रा।नि।
यहाँहरुको सक्दो सहयोगको अपेक्षा गर्दै सहयोगको लागि धन्यवाद टक्राउन चाहन्छौं ।