Monday, February 7, 2011

नेपालको पहिलो ढुङ्गा महोत्सव २०६७ फाल्गुन २१२२२३

नेपालको पहिलो ढुङ्गा महोत्सव २०६७
फाल्गुन २१२२२३ माहार्दिक निमन्त्रणास्वागत तथा सहयोगको लागि आव्हान गर्दछौं ।

सम्पूर्ण नेपालीहरुको शान्ती र समुन्नत नेपालको चाहना हुदा हुदै पनि मुलुक संसारको अति गरिवदोस्रो गरिवी तिर लम्कदै जानु दुःखदायी विषय वनेको छ । प्राकृतिक स्रोत साधनका क्षेत्रहरुमा कब्जा जमाउदै जानको लागि विदेशीहरुले भित्रभित्रै नेपाललाई कमजोर वनाउदै आएकै कारण राजनैतिक अस्थिरता झन बढदै गइरहेको कुरा घामझै छलङ्र्ग भैसकेको छ । हामीले गौतम बुद्धको देश हिन्दुहरुको पवित्र स्थल जानकीको जन्मभूमी सर्वोच्च शिखर सगरमाथाको देशजलस्रोतपर्यटनजडिवुटि र विभिन्न खानीहरुको अथाह विकासको सम्भावना बोकेको देशलाई पुरै विसर्ी एक आपसमा झगडा गर्दै विदेशीहरुलाई हसाँएर वसेकाछौं । कहिलेकाही विकासको कुरा गर्नेहरुलाई पनि प्रोत्साहन गर्नुको साटो हतोत्साहित गर्दै राष्ट्रको सवै भन्दा ठूलो जनशक्तिलाई विदेशिन बाध्य पारिरहेका छौ । झण्डै ८६% ग्रामिण क्षेत्रले ओगटेको मुलुक विकासवाट पुरै वन्चित अवस्थामा छ । हाम्रो वरपर रहेको प्राकृतिक स्रोत साधनहरुको कुनै उपयोग र संरक्षण छैन । कृषि प्रणाली अझै अवैज्ञानिक रुपमा चलिरहेको छ । देश पुरै अध्यारोतिर दौडिरहेको छ ।१८ घण्टा सम्म लोडसेडिङ्ग बेहोर् यौं बेहोरीरहेका छौं यस्तो अवस्थामा पनि देशका युवापुस्ता वुद्धिजिवि तथा समाजसेवीहरु चुप लागेर बस्नु भनेको आफ्नो खुट्टामा आफैले बन्चरो हान्दै देशलाई असफल राष्ट्र वनाउन सहयोग गर्नु हो । हाम्रो वरपर छरिएर रहेको ठूला प्राकृतिक स्रोतहरु मध्ये सवैभन्दा छिटो प्राप्त गर्न सकिने सवैले ढुङ्गा उपहार दान तथा सहयोग गर्न सक्ने र ढुङ्गाले पनि देशमा विकासको लहर पैदा गर्न सक्छ भन्ने भावना वोकेर आफूले पनि केही गरौं र अरुलाई पनि केही गर्न सिकाउ भन्ने मान्यता बोकी हामी सम्पूर्ण मेघौलीवासी दाजुभाई दिदिवहिनीहरु मिली नेपालमै पहिलो पटक यहि आउँदो २०६७ फाल्गुन २१२२२३ गते मेघौली -८ पसा्रढापमा ढुङ्गा महोत्सव गर्न गइरहेका छौं । अनेकतालाई एकता अशान्तिलाई शान्ति र अध्यारो नेपाललाई उज्याल्ााे वनाउन लोडसेडिङ्ग मुक्त वनाउन पहल गर्नु पनि हाम्रो दायित्व हो नत्र हामीहरु नालायक ठहरिनेछौं । यो अभियानलाई सफल वनाउन यहाँहरुको पनि त्यतिकै दायित्व हामी ठान्दछौं । तसर्थ उक्त ढुङ्गा महोत्सवलाई भव्यता साथ सफल वनाउन आदरणीय आमाबुबा दाजुभाई दिदिवहिनी तथा सम्पूर्ण जनसमुदायहरु सवैमा हार्दिक अपिल स्वागत तथा हार्दिक निमन्त्रणा गर्न चाहन्छौं ।
ढुङ्गा महोत्सवको आकर्षणहरु
१। ढुङ्गाको महत्व पहिचान र मूल्यवान ढुङ्गाको वारेमा जानकारी गराउने
।२। ढुङ्गावाट वन्ने नमूना पार्कको अवधारणाहरुको वारेमा जानकारी गराउने तथा निमार्ण शुरु गर्ने
।३। ग्रामिण पर्यटनका लागि होमस्टेवारे जानकारी गराउने ।
४ स्थानिय उत्पादन र जडिवुटिहरुका वारेमा जानकारी गराउने ।
५। स्थानिय खानाको प्रकारहरु प्रर्दशन र विक्री वितरण गरिने ।
६। साथमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने ।
मूल आयोजक प्रर्वद्धक
ढुङ्गा महोत्सव मूल समारोह समिित चितवन र नवलपरासीका सम्पूर्ण एफएमहरु,पत्रपत्रिकाहरु
बजार विकास समिति-पसा्रढाप मेघौली पर्यटन विकास समिती
व्यापार समूह वन समिति-८
मेघौली गाविस मेघौली उपभोक्ता समिति चि।रा।नि।
यहाँहरुको सक्दो सहयोगको अपेक्षा गर्दै सहयोगको लागि धन्यवाद टक्राउन चाहन्छौं ।

No comments:

Post a Comment