Tuesday, November 16, 2010

पर्यटन विकासमा स्टोन प्रोजेक्टको कस्तो भूमिका हुन्छ

विष्णु प्रसाद पौडेल


हाम्रो देशको भौगोलिक विविधता कला संस्कृतिनै देशको अपार सम्पत्ति हो । प्रकृतिले हामीलाई धेरै गुण लगाएर छोडेको छ । भारत र चीनको अगाडि हामीले औद्योगिक क्रान्ति तुरुन्तै गर्न कठिन छ । तर गर्दै गए असम्भव भने केही छैन । हाम्रो देशको सवै भन्दा ठूलो उद्योग नै ग्रामिण पर्यटन उद्योग हो । यसलाई जवसम्म हामीले वुभ्ने प्रयास गर्दैनौ तवसम्म विकासको नारा लगाउन पनि व्यर्थ हुन्छ किन कि अहिले पनि नेपालको ८६% जनता गाउँमा वस्छन । यहि कुरालाइ विचार गरी स्टोन प्रोजेक्टले प्रकृतिले हाम्रो देशलाई छोडेर गएको गुणलाई सम्भव भएसम्म उपयोग गर्ने निती लिएको छ । हामी माल पाएर चाल नपाएका जस्ता भएका छौ । हामी नेपाली गरिब भएको त्यसै होइन नेपालीहरु कामलाई भन्दा कुरालाई बढी महत्व दिने प्रवृतिको भएका हुनाले यो दुर्दशा भोग्नुपरेको हो । हाम्रो टोल गाँउ सवै पर्यटकहरुलाई देखाउन सक्ने रमणीय स्थल भएको हुँदा ग्रामीण पर्यटनको ठूलै विकास गर्न सकिन्छ । ग्रामिण पर्यटन विकास गर्न ठूलो धनराशीको पनि आवश्यकता प्रर्दैन त्यसैले स्टोन प्रोजेक्टले ग्रामिण पर्यटन विकासको लागि साना ठूला धेरै पूर्वाधारहरुको निमार्ण प्रवद्र्धन र रोजगारको विकासमा ठूलो भूमिका खेल्ने कार्यक्रम ल्याएकाले यो पर्यटन विकासको मुख्य साँचोनै वनाउने हाम्रो महत्वपूर्ण प्रयास हुनेछ । देशको सवै भन्दा ठूलो श्रोत मानव जनशक्ति पनि हो । यो शक्तिलाई जनचेतना जगाई समग्र देश विकासमा उपयोग गर्न स्टोनढुङ्गामहोत्सव सफल हुनेछ भन्ने हामीले महशुस गरेका छौं । मेघौली - ८ पसा्रढापमा हुन गइरहेको यो ढुङ्गा महोत्सववाट हामीले तत्काल मेघौली - ८ पसा्रढापमै इको पार्क निमार्ण गर्न गइरहेका छौं । गाउँवाट पहिलो मिटिङ्गवाटै ३० टेक्टर ढुङ्गा दिन यहाँका जनता तयार भए । दोश्रो भैलो कार्यक्रममै लगभग २०० टेक्टर ढुङ्गा दिन यहाँका जनता तयार भए भने यो कार्यक्रमको अन्तिम दिन सम्म लगभग ५०० टेक्टर ढुङ्गा गाउँवाट उठाउने योजना छ भने अन्य संघसंस्था वाट पनि सहयोग माग्ने लिने प्रयास हाम्रो रहने छ । यसवाट हामीले मेघौलीमा नमूना पार्क निमार्ण गरी आन्तरिक र वाह्रय पयर्टकहरुलाई थप मनोराजन स्थल वनाउने हाम्रो प्रयास रहने छ । यो कार्यक्रममा पनि धेरै स्वदेशी तथा विदेशी पर्यटकहरु भित्राउने हाम्रो लक्ष्य रहेको छ भने २० देखी ३० घरमा होमस्टे कार्यक्रम यसै महोत्सवका शुरुका दिनदेखी संचालन गर्न गइरहेका छौ । मेघौली परिचित एक पर्यटक गन्तव्य स्थललाई थप टेवा पुर् याउन पनि यो ढुङ्गा महोत्सवले सहयोग पुर् याउने हामीले महशुस गरेका छौ ।
नेपाली जनतालाई अहिले विभिन्न ढंगवाट विकासमा उतार्न परेको छ । विभिन्न पर्यटन महोत्सव धेरै ठाँउमा भैरहेका छन तिनलाई निरन्तरता दिदै नयाँ नयाँ खालका कार्यक्रमवाट जनतालाई विकासमा उतानै पर्छ । नत्र ुखाली दिमाग सैतानको घरु भने झै काम नभएको बेलामा प्रत्येक मनुष्यको मनमा अनेक तरङ्गहरुको विकास हुन्छ जसले गर्दा मानिस विकासतिर होइन विनासतिर मात्र अघि बढेको हुन्छ । फलस्वरुप मनमा अशान्ति पैदा हुन्छ । हामी नेपाली गरिब भएको त्यसै होइन नेपालीहरु कामलाई भन्दा कुरालाई बढी महत्व दिने प्रवृतिको भएका हुनाले यो दुर्दशा भोग्नुपरेको हो । देशमा ठूला-ठूला योजना बनेको वर्षौ भइसक्यो । यथार्थमा आएर आज देशको हविगत अफि्रका महादेशको गरिब मुलुकको आयस्तर भन्दा कम हुन गएको छ । त्यसैले नवुझेका जनता र फोहरी नेताहरुलाई विभिन्न ढंगवाट छकाई फकाई नयाँ चेतना जगाई नयाँ नयाँ ढंगवाट विकासमा उतारी देशको मुहार हामीले फेर्नै पर्छ ।

भैलो कार्यक्रम सम्पन्न

यहि २०६७ कात्तिक २० गतेका दिन स्टोन महोत्सव २०६७ लाई सफल वनाउन एक वृहत भैलो कार्यक्रम सम्पन्न भयो । उक्त भैलो कार्यक्रममा समाजका वुद्धिजिवी समाजसेवी तथा विदेशी स्वयंसेवकहरुको उपस्थिती थियो । उक्त अवसरमा पाचैवाजा सहितको भैलेा कार्यक्रम संचालन भएको थियो । उक्त कार्यक्रमवाट १०० टेक्टर वरावरको ढुङ्गा दिन वडा वासीहरु तयार हुनु भएको थियो जसमा वडाको २०% व्यक्तिहरुको घरहरुवाट मात्र ढुङ्गा जम्मा गरेका थियौ । सवै टोल टोलमा पुगेको पाचैवाजा सहितको भैलो टोली पछि फुस्रदको समयमा ढुङ्गा उठाउन आउने जानकारी गराउदै भैलो कार्यक्रम सम्पन्न भएको थियो । ढुङ्गा महोत्सव २०६७ पसा्रढापले आगामी महोत्सवमा ५०० टेक्टर ढुङ्गा जम्मा गर्ने लक्ष्य लिएको छ ।

Sunday, November 14, 2010

पत्रकार सम्मेलनमा प्रेसित प्रेस विज्ञप्ती

मिती २०६७-७-४ गते मेघौली वडा नं ८ पसा्रढापमा वसेको वृहत वडा भेलाले यही आउदो माघ २१ २२ २३ गते नेपालमै पहिलो पटक ढुङ्गा महोत्सव (Stone Festival) गर्ने निर्णय गरेको छ । ढुङ्गा महोत्सवलाई भव्य रुपवाट सफल वनाउन उक्त भेलाले विण्णु प्रसाद पौडेलको संयोजकत्व १०१ मूल समारोह समिती १२ सदस्यीय सल्लाहकार समिती २१ सदस्यीय कार्यकारीणी समिती र ८ वटा विभिन्न उपसमिती गठन गरिएको छ ।
कार्यक्रमका कि्रयाकलाप
१। दिपावलीमा स्टोन महोत्सवको प्रचार प्रसार एवं जनचेतना जगाउन सांकेतिक भैलो कार्यक्रम संाचालन गर्ने
।२। माघ २१२२२३ गते नेपालमै पहिलो पटक स्टोन महोत्सव संचालन गर्ने
। ३। राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको उपस्थितीमा माघ २१२२२३ गते विविध सांस्कृतिक कार्यक्रम संचालन गर्ने
।४। १६ वर्ष देखि ६० वर्ष सम्मका सवैलाई कार्यक्रममा उपस्थितीको लागि आवहान गर्ने । अन्यलाई खुसीका साथ हात फैलाउने५। प्रतिव्यक्ति प्रतिदिन १ केजी ढुङ्गाको दरले वर्षको ३६५ केजी ढुङ्गा उपहार संकलन गर्ने
।६। ढुङ्गा दिन नसक्नेले ३६५ केजी ढुङ्गा फोर्नु पर्ने
।७। माथिको ५ र ६ नम्वर अनुसार दुवै गर्न नसक्नेले दुई दिन जनश्रमदान गर्नुपर्ने
।८। माथिको ५ ६ ७ नम्वर अनुसार गर्न नसक्नेले दैनिक १ रुपियाँको दरले वर्षमा ३६५ रुपियाँ दिनुपर्ने । ९।महोत्सवमा जम्मा भएको ढुङ्गा तथा पैसाले पसा्रढापको वगैचामा देशकै नमूना पार्क निमार्ण गर्ने ।१०। मेघौलीलाई पर्यटनको गन्तव्य स्थल वनाउनको लागि पसा्रढापमा सन २०११ क्ो शुरुवाटै होमस्टे प्रोग्राम संचालन गर्ने
।११। क्रमैसंग वाटोघाटो खानेपानी सरसफाई वजार व्यवस्थापन आदिमा व्यवस्थित ढंगवाट संचालन गर्दै Green Revoluntion, Co-operative Farming, Peoples' Plan apply, New income generating Training हरु संचालन गर्ने
।१२। वृदाश्रम अतिथि गृह अनाथलय पुस्तकालयहरुको निमार्ण क्रमसै गर्दै जाने ।

विष्णु प्रसाद पौदेलासंयोजकास्तों6 प्रोजेक्ट कमिटी तथा
स्टोन महोत्सव मूल समारोह समिति पसा्रढाप
सम्पर्कको लागि ः ९८५१०८८०२० ९८४१२६५०९३ ९८०७२१००१० ९८४५०४८४२८ ९८४५०८६०८८ ९८५५०५९४३९

ढुङ्गा महोत्सवको उद्देश्यहरु
  • देश विकासको मूल फुटाई विकासको लहर फैलाउन
  • समाजमा रहेको ठुलो शक्ति जनता लाई देश विकासको हरेक पाइलामा सहभागि गराई जनचेतना जगाउदै वास्तविक विकास प्रेमी प्रतिभाहरुको खोजी गर्ने
  • स्थानिय स्तरमा स्थानिय व्यक्तिहरुको वल बुद्धि विवेक जोश जाँगर सिप एवं स्रोत÷साधनहरुको सजिलैसंग पूर्णरुपमा सदुपयोग परिचालन र संरक्षण गर्न
  • आफ्नो गाउँको विकासको लागि विभिन्न पूर्वाधारहरुको छिटो भन्दा छिटो निर्माण गर्न
  • मेघौलीको पर्यटन विकासलाई टेवा पुर् याई पूर्वाधारहरुको छिटो भन्दा छिटो निर्माण गर्न
  • ग्रामिण पर्यटनको विकासमा सकारात्मक वाटो देखाउन र रोजगारका अवसरहरु प्रदान गर्न
  • तत्काल मेघौली -८ पसा्रढापमा धेरै भन्दा धेरै होमस्टेहरु संाचालन गर्न ।

स्टोन प्रोजेक्ट के हो

कुनै पनि व्यक्तिमा केही न केही कार्य गर्न सक्ने शक्ति क्षमता हुन्छ । उसँग भएको शक्तिलाई जवसम्म समाजले प्रयेागमा ल्याउन सक्दैन तवसम्म विकासको नारा लगाउनु व्यर्थ हुन्छ । समाजमा हामी सोचविचार गरेर हरेक व्यक्तिहरुको वल बुद्धि विवेक जोश जाँगर प्रयोगमा ल्याइयो भने यसले विकासमा नयाँ फडको मार्छ । देशको सवैभन्दा ठूलो शक्ति नै जनशक्ति हो । यो तथ्यलाई कसैले भुल्नु हुदैन । समाजमा रहेको ठुलो शक्तिलाई देश विकासका हरेक पाइलामा सहभागि गराउनु नै जनसहभागिता हो । जनताको सहभागिता विना गरिएको कुनै पनि विकासका कार्यक्रमहरुले पूर्ण रुपमा गतिलिन सक्दैन् । नेपाल ८६% ग्रामिण क्षेत्रले भरिएको देश हो । गाउँको विकास विना देशको विकास सम्भव छैन् । नेपाली जनतामा राष्ट्रियताको भावना नजागे देशको स्रोत साधनको उचित प्रयोग र संरक्षण हुन पनि सक्दैन । यदि हामीले विकासमा क्रान्ति ल्याऔ भने हाम्रो देशको मुहार संसारमा अग्रपन्थिमा रहन्छ ।
प्रकृतिको नियम यो छ कि यस भौतिकजगतमा प्रत्येक वस्तुको मूल रुप सूक्ष्म हुन्छ । थोपा थोपा मिलेर समुन्द्र बन्दछ कण कण मिलेर पृथ्वी बन्दछ । सुक्ष्म सेल सेल मिलेर सम्पूर्ण शरिर बन्दछ । एक साधारण बिजवाट ठूला ठूला वृक्ष बन्दछ भने एक वृक्षवाट हजारौं वियाँ बन्दछन । विशाल भवन पनि एक एक ढुङ्गा÷इट्टाहरुको योगवाट बन्दछ । नेपालको विकास पनि एक एक स्टोन÷रुपियाँ जम्मा गर्दै गर्न सकिन्छ । स्टोन प्रोजेक्टको अवधारण पनि यसरी नै विकास गर्ने जमर्को गरेका छौ र यसलाई जनताकै प्राजेक्ट वनाउने हाम्रॊ प्रयास रहने छ । देशको उपलव्ध प्राकृतिक साधनको परिचालन तथा उपयोग र संरक्षण गर्ने सकि्रय तत्वनै देशका जनता हुन् । मानविय साधनको वल विवेक र देशको उपलव्ध प्राकृतिक स्रोत साधनको परिचालन विना कुनै पनि राष्ट्रको उन्नती सम्भव छैन । ग्रामिण विकास योजना विनाको केन्द्रिकृत योजनाले गरिवी वेरोजगारी असमानता घटाउनुको सट्टा बढाउदै गएको विगतको कटु अनुभव छर्लङ्ग छ । त्यसैले ग्रामिण विकासको लागि स्टोन प्रोजेक्टद्धारा संचालित विभिन्न योजनाहरु राष्ट्र निमार्णको लागि एक महत्वपूर्ण औजार रणनीति वा कोशेढुङ्गा हुन जाने हाम्रो ठम्याईछ ।


स्टोन प्रोजेक्ट एक यस्तो प्रोजेक्ट हो जुन प्रोजेक्टले देशको सम्पूर्ण नेपाली जनताहरुलाई राष्ट्रियता तथा देश विकाशको अभियानमा एउटै सूत्रमा बाँध्ने कार्यनै स्टोन प्रोजेक्ट हो । स्थानिय स्तरमा स्थानिय व्यक्तिहरुको वल बुद्धि विवेक जोश जाँगर सिप साधन एवं स्रोत सजिलैसंग पूर्णरुपमा सदुपयोग र परिचालन गर्न र विकासको मूल प्रवाहमा ल्याउनु यो प्रोजेक्टको प्रमुख उद्देश्य हो । यो प्रोजेक्टको मूल नारानै आफ्नेा माटो आफैलाई प्यारो हो भने विधि Change society by volunteering हो । राष्ट्रको सम्पूर्ण स्रोत साधन जनशक्ति र समग्र पँूजीको विकासनै स्टोन प्रोजेक्ट वनाउने हाम्रो पहल रहिरहने छ । यो प्रोजेक्टले देशविकासका लागि हरेक नेपालीलाई कार्य क्षेत्रमा उतार्छ । यो प्रोजेक्टले टोल टोलमा विकासको प्रतियोगिता गराउन पनि यो अवधारणा ल्याएको हो । स्टोन प्रोजेक्ट विदेशी सहयोग र केन्द्रको मात्र मुख नताकी गर्न सकिने ग्रामिण विकासको सवै भन्दा सरल विधि पनि हो । त्यसैले विशेष प्रतिभा भएका जुनसुकै क्षेत्रका विकासप्रमी नेपालीहरुकॊ खोजी गरी उज्यालेा समृद्धि र सम्पन्न नेपाल वनाउन स्टोन प्रोजेक्ट÷महोत्सव÷क्रान्ति गरेर देखाउनु परेको छ । यसवाट राष्ट्रलेसमाजमा राम्रा सकारात्मक प्रतिभा भएका जनशक्ति तथा नेतृत्वहरुको ठूलै सूचि प्राप्त गर्दछ भने देशै भरी एकै चोटी विकासको लहर फैलाउन सफल हुनेछ । यसै गरी प्रत्येक वर्ष यो कार्यक्रम लागू गर्न सके राष्ट्रले शान्ति विकास र रोजगारमा ठूलो फट्को मार्दछ । विदेशी सहयोग स्वागत मात्र गर्ने हो भर पर्ने होइन । विदेशी सहयोगवाट मात्र मुलुकको विकास भएको देश संसारमै कहि छैन र समग्र विकास पनि सम्भव छैन । सहयोगको नाममा उनीहरुले भित्र भित्र ठूलो शोषण गरिरहेका हुन्छन । त्यसैले अव हामी आत्मनिर्भरताको वाटो रोज्ने हो की


आउनुहोस जुटौं देशै भरी विकासको लहर मेघौली-८ पसा्रढापवाट फैलाउ ।


कुनै पनि ठूला-ठूला कार्यक्रमहरुको सुरुवात एकदमै सानोवाट सुरु हुन्छ र यसले जीवनमा र राष्ट्रमा महत्वपूर्ण स्थान प्राप्त गर्दछन् । प्रयास मात्र गरौं सवै प्राप्त हुदै जान्छ । राष्ट्रको नयाँ रुप दिने पनि तपाई हामीले नै हो । आफू भित्र रहेको आफ्नो ठूलो प्रतिभा देखाउन पछि नपरौं यति मात्रगर्न शुरु गरौ तवमात्र उज्यालेा समृद्धि र सम्पन्न नेपालको जीवनी शुरु हुन्छ । अव हामीले वुझ्नै पर्छ की हामी सबै भित्र ठूलो शक्ति तथा सामथ्र्य छ तर सुतिरहेको छ अव यसलाई जगाउने प्रयास हामी सवैले गर्नुपर्छ । कुनै कुरा शुरुगर्न महान हुनुपर्दैन महानबन्न शुरु गर्नुपर्दछ त्यसैले आजैदेखि समाजमा यो कार्य शुरु गरौं । हाम्रो समाजको परिवर्तनको साँचो हामीसँगै छ ।

स्टोन प्रोजेक्टको उद्देश्यहरु :

  • सम्पूर्ण नेपाली जनतालाई टोल टोल वस्ती वस्तीवाट राष्ट्रियता प्रति जागृत गराई देश विकासको मूल फुटाई विकासको लहर फैलाउन
  • समाजमा रहेको ठुलो शक्ति जनता लाई देश विकासको हरेक पाइलामा सहभागि गराई जनचेतना जगाउदै वास्तविक विकास प्रेमी तथा प्रतिभाहरुको खोजी गर्ने ।
  • स्थानिय स्तरमा स्थानिय व्यक्तिहरुको वल बुद्धि विवेक जोश जाँगर सिप एवं स्रोत÷साधनहरुको सजिलैसंग पूर्णरुपमा सदुपयोग परिचालन र संरक्षण गर्न ।
  • नेपालीहरुको आफ्नो पुरानो गौरवलाई विश्व सामू पुनः चिनाउन ।
  • विदेशी र केन्द्रको मात्र भर नपरि देशमा प्रसस्त उत्पादन र रोजगारीको स्रोतहरु वढाउन आफै सक्षम हुन र राष्ट्रिय प्राकृतिक स्रोतहरुको सदुपयोग परिचालन र संरक्षण गर्न ।
  • आफ्नो गाउँको विभिन्न विकासका पूर्वाधारहरुको छिटो भन्दा छिटो निर्माण गर्न ।
  • ग्रामिण पर्यटनको विकासमा सकारात्मक वाटो देखाउन र रोजगारका अवसरहरु प्रदान गर्न राष्ट्रिय नेतृत्वहरु उत्पादन गर्न र विशेष प्रतिभा भएका नेतृत्वहरुको खोजी गर्न ।
  • ग्रामिण विकासमा धेरै भन्दा धेरै जनशक्तिको प्रयोग गर्दै राष्ट्रिय पूँजीको विकास गरी आधुनिक प्रविधिहरु भित्राई राष्ट्र समुन्नत वनाउन ।

Stone Festival at Meghauli Village :


Future Nepal wants to make the people aware of the importance for stones. So they developed the concept of the stone Project . Future Nepal has started to apply this ‘stone project’ in our village. It has selected committee members and have decided to hold the ‘ stone festival’ at the Meghauli Village in Chitwan on Feb. 4th, 5th and 6th for 3 days which is the very first festival and distinguish of it’s kind in Nepal (may be world). The village community has embraced the project with open arms.
If we join our hands we can achieve anything. As we all know ‘an ocean starts with a drop of water’ - so also can a community start with one stone . Every foundation starts with a stone — so that is very important. Stones can be found everywhere in the village area so why not use these stones to start developing our village.
What is the Stone Project : The aim of this project is to develop our village ourselves. We have asked each person to donate Rupees 1.- per day or one kilo of stones per day that would mean per person 365 Rupees or 365 kilos of stones per year. Those wishing to donate more are welcome to do so. We use the stones and money to develop the most important areas in the village — like parks, children’s library, retirement home, orphanage home and roads and bridges and much more.
Why don’t you come and join us and help us in our new ‘ stone project’.
We invites all interested national and international volunteers to be part of our Stone Festival. Come with expertise and help , share and learn or come with no expertise and learn together. Your small effort can make a big difference to people in the most marginalized communities!!!
We hope that our, help ourselves ‘stone project’ will one day become Nepal wide

Bishnu Prasad Poudel
Future Nepal
www.futurenepal.org
futurenepal@yahoo.com, contact@futurenepal.org