Tuesday, November 16, 2010

पर्यटन विकासमा स्टोन प्रोजेक्टको कस्तो भूमिका हुन्छ

विष्णु प्रसाद पौडेल


हाम्रो देशको भौगोलिक विविधता कला संस्कृतिनै देशको अपार सम्पत्ति हो । प्रकृतिले हामीलाई धेरै गुण लगाएर छोडेको छ । भारत र चीनको अगाडि हामीले औद्योगिक क्रान्ति तुरुन्तै गर्न कठिन छ । तर गर्दै गए असम्भव भने केही छैन । हाम्रो देशको सवै भन्दा ठूलो उद्योग नै ग्रामिण पर्यटन उद्योग हो । यसलाई जवसम्म हामीले वुभ्ने प्रयास गर्दैनौ तवसम्म विकासको नारा लगाउन पनि व्यर्थ हुन्छ किन कि अहिले पनि नेपालको ८६% जनता गाउँमा वस्छन । यहि कुरालाइ विचार गरी स्टोन प्रोजेक्टले प्रकृतिले हाम्रो देशलाई छोडेर गएको गुणलाई सम्भव भएसम्म उपयोग गर्ने निती लिएको छ । हामी माल पाएर चाल नपाएका जस्ता भएका छौ । हामी नेपाली गरिब भएको त्यसै होइन नेपालीहरु कामलाई भन्दा कुरालाई बढी महत्व दिने प्रवृतिको भएका हुनाले यो दुर्दशा भोग्नुपरेको हो । हाम्रो टोल गाँउ सवै पर्यटकहरुलाई देखाउन सक्ने रमणीय स्थल भएको हुँदा ग्रामीण पर्यटनको ठूलै विकास गर्न सकिन्छ । ग्रामिण पर्यटन विकास गर्न ठूलो धनराशीको पनि आवश्यकता प्रर्दैन त्यसैले स्टोन प्रोजेक्टले ग्रामिण पर्यटन विकासको लागि साना ठूला धेरै पूर्वाधारहरुको निमार्ण प्रवद्र्धन र रोजगारको विकासमा ठूलो भूमिका खेल्ने कार्यक्रम ल्याएकाले यो पर्यटन विकासको मुख्य साँचोनै वनाउने हाम्रो महत्वपूर्ण प्रयास हुनेछ । देशको सवै भन्दा ठूलो श्रोत मानव जनशक्ति पनि हो । यो शक्तिलाई जनचेतना जगाई समग्र देश विकासमा उपयोग गर्न स्टोनढुङ्गामहोत्सव सफल हुनेछ भन्ने हामीले महशुस गरेका छौं । मेघौली - ८ पसा्रढापमा हुन गइरहेको यो ढुङ्गा महोत्सववाट हामीले तत्काल मेघौली - ८ पसा्रढापमै इको पार्क निमार्ण गर्न गइरहेका छौं । गाउँवाट पहिलो मिटिङ्गवाटै ३० टेक्टर ढुङ्गा दिन यहाँका जनता तयार भए । दोश्रो भैलो कार्यक्रममै लगभग २०० टेक्टर ढुङ्गा दिन यहाँका जनता तयार भए भने यो कार्यक्रमको अन्तिम दिन सम्म लगभग ५०० टेक्टर ढुङ्गा गाउँवाट उठाउने योजना छ भने अन्य संघसंस्था वाट पनि सहयोग माग्ने लिने प्रयास हाम्रो रहने छ । यसवाट हामीले मेघौलीमा नमूना पार्क निमार्ण गरी आन्तरिक र वाह्रय पयर्टकहरुलाई थप मनोराजन स्थल वनाउने हाम्रो प्रयास रहने छ । यो कार्यक्रममा पनि धेरै स्वदेशी तथा विदेशी पर्यटकहरु भित्राउने हाम्रो लक्ष्य रहेको छ भने २० देखी ३० घरमा होमस्टे कार्यक्रम यसै महोत्सवका शुरुका दिनदेखी संचालन गर्न गइरहेका छौ । मेघौली परिचित एक पर्यटक गन्तव्य स्थललाई थप टेवा पुर् याउन पनि यो ढुङ्गा महोत्सवले सहयोग पुर् याउने हामीले महशुस गरेका छौ ।
नेपाली जनतालाई अहिले विभिन्न ढंगवाट विकासमा उतार्न परेको छ । विभिन्न पर्यटन महोत्सव धेरै ठाँउमा भैरहेका छन तिनलाई निरन्तरता दिदै नयाँ नयाँ खालका कार्यक्रमवाट जनतालाई विकासमा उतानै पर्छ । नत्र ुखाली दिमाग सैतानको घरु भने झै काम नभएको बेलामा प्रत्येक मनुष्यको मनमा अनेक तरङ्गहरुको विकास हुन्छ जसले गर्दा मानिस विकासतिर होइन विनासतिर मात्र अघि बढेको हुन्छ । फलस्वरुप मनमा अशान्ति पैदा हुन्छ । हामी नेपाली गरिब भएको त्यसै होइन नेपालीहरु कामलाई भन्दा कुरालाई बढी महत्व दिने प्रवृतिको भएका हुनाले यो दुर्दशा भोग्नुपरेको हो । देशमा ठूला-ठूला योजना बनेको वर्षौ भइसक्यो । यथार्थमा आएर आज देशको हविगत अफि्रका महादेशको गरिब मुलुकको आयस्तर भन्दा कम हुन गएको छ । त्यसैले नवुझेका जनता र फोहरी नेताहरुलाई विभिन्न ढंगवाट छकाई फकाई नयाँ चेतना जगाई नयाँ नयाँ ढंगवाट विकासमा उतारी देशको मुहार हामीले फेर्नै पर्छ ।

No comments:

Post a Comment