कार्यक्रमका कि्रयाकलाप
१। दिपावलीमा स्टोन महोत्सवको प्रचार प्रसार एवं जनचेतना जगाउन सांकेतिक भैलो कार्यक्रम संाचालन गर्ने
।२। माघ २१२२२३ गते नेपालमै पहिलो पटक स्टोन महोत्सव संचालन गर्ने
। ३। राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको उपस्थितीमा माघ २१२२२३ गते विविध सांस्कृतिक कार्यक्रम संचालन गर्ने
।४। १६ वर्ष देखि ६० वर्ष सम्मका सवैलाई कार्यक्रममा उपस्थितीको लागि आवहान गर्ने । अन्यलाई खुसीका साथ हात फैलाउने५। प्रतिव्यक्ति प्रतिदिन १ केजी ढुङ्गाको दरले वर्षको ३६५ केजी ढुङ्गा उपहार संकलन गर्ने
।६। ढुङ्गा दिन नसक्नेले ३६५ केजी ढुङ्गा फोर्नु पर्ने
।७। माथिको ५ र ६ नम्वर अनुसार दुवै गर्न नसक्नेले दुई दिन जनश्रमदान गर्नुपर्ने
।८। माथिको ५ ६ ७ नम्वर अनुसार गर्न नसक्नेले दैनिक १ रुपियाँको दरले वर्षमा ३६५ रुपियाँ दिनुपर्ने । ९।महोत्सवमा जम्मा भएको ढुङ्गा तथा पैसाले पसा्रढापको वगैचामा देशकै नमूना पार्क निमार्ण गर्ने ।१०। मेघौलीलाई पर्यटनको गन्तव्य स्थल वनाउनको लागि पसा्रढापमा सन २०११ क्ो शुरुवाटै होमस्टे प्रोग्राम संचालन गर्ने
।११। क्रमैसंग वाटोघाटो खानेपानी सरसफाई वजार व्यवस्थापन आदिमा व्यवस्थित ढंगवाट संचालन गर्दै Green Revoluntion, Co-operative Farming, Peoples' Plan apply, New income generating Training हरु संचालन गर्ने
।१२। वृदाश्रम अतिथि गृह अनाथलय पुस्तकालयहरुको निमार्ण क्रमसै गर्दै जाने ।
विष्णु प्रसाद पौदेलासंयोजकास्तों6 प्रोजेक्ट कमिटी तथा
स्टोन महोत्सव मूल समारोह समिति पसा्रढाप
सम्पर्कको लागि ः ९८५१०८८०२० ९८४१२६५०९३ ९८०७२१००१० ९८४५०४८४२८ ९८४५०८६०८८ ९८५५०५९४३९
ढुङ्गा महोत्सवको उद्देश्यहरु
- देश विकासको मूल फुटाई विकासको लहर फैलाउन
- समाजमा रहेको ठुलो शक्ति जनता लाई देश विकासको हरेक पाइलामा सहभागि गराई जनचेतना जगाउदै वास्तविक विकास प्रेमी प्रतिभाहरुको खोजी गर्ने
- स्थानिय स्तरमा स्थानिय व्यक्तिहरुको वल बुद्धि विवेक जोश जाँगर सिप एवं स्रोत÷साधनहरुको सजिलैसंग पूर्णरुपमा सदुपयोग परिचालन र संरक्षण गर्न
- आफ्नो गाउँको विकासको लागि विभिन्न पूर्वाधारहरुको छिटो भन्दा छिटो निर्माण गर्न
- मेघौलीको पर्यटन विकासलाई टेवा पुर् याई पूर्वाधारहरुको छिटो भन्दा छिटो निर्माण गर्न
- ग्रामिण पर्यटनको विकासमा सकारात्मक वाटो देखाउन र रोजगारका अवसरहरु प्रदान गर्न
- तत्काल मेघौली -८ पसा्रढापमा धेरै भन्दा धेरै होमस्टेहरु संाचालन गर्न ।
No comments:
Post a Comment